nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रेडक्रस उपशाखा फाखेल मार्फत इन्द्रसरोवरमा अटोमेटिक ह्यान्ड वास स्टेशन स्थापना

83871788_314877539677698_-1593360392.jpg

नेपाल रेडक्रस सोसाइटी उपशाखा फाखेलले इन्द्रसरोवर गाउँपालिकालाई अटोमेटिक ह्यान्ड वास हस्तान्तरण गरेको छ । आइतबार इन्द्रसरोवर गाउँपालिकाको कार्यालय खानीखेतमा एक औपचारिक कार्यक्रमका बिच हात धुने अटोमेटिक ह्यान्ड वास  स्थापना गरि गाउँपालिकालाई प्रदान गरेको हो । प्रविधिको विकास सँगै धारामा कसैले पनि नछोई सुरक्षित रुपमा हात धुन सक्ने एडभान्स प्रणाली सहितको धारा र पानीको ट्यांकी हस्तान्तरण गरिएको हो । 

विपदको बेला समुदायमा सहयोग पुर्याउने उदेश्यले स्थापना भएको रेडक्रस सोसाइटी उपशाखा फाखेललले कोरोनाको समयमा हातबाट हुन सक्ने संक्रमणबाट बच्न उक्त सहयोग उपयोगी हुने उपशाखा फाखेलका सभापती फुर्वा लामाले बताउनुभयो । रेडक्रस सोसाइटीको जिल्ला शाखा मकवानपुरले सबै उपशाखामा १ वटा ह्यान्ड वास उपलब्ध गराएकोले उपशाखाले उक्त ह्यान्ड वास धेरै मान्छेको आवतजावत हुने भएर गाउँपालिकामा प्रदान गरेको सभापती लामाले बताउनुभयो । हातधुने स्टेशनमा २ सय लिटर क्षमताको पानी ट्याङकी राखिएको छ । हात धुने स्टेशनको सरंक्षणको जिम्मा स्थानीयलाई दिइएको छ ।

रेडक्रसले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि जीवन लामाले हात धुने कुरा सबैले सामान्य रुपमा लिने भए पनि यो विषय सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै कोरोना सहित जुनसुकै रोग र महामारी बाट बच्न हात धुनु अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको विशिष्ट अतिथ्यता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।