nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिनावारी गडबढी हुने कारणहरू केके हुन् ?

mahinawari-1608274412.jpg

धेरैजसो महिलाहरुले समयमा महिनावारी नहुने गुनासो गर्दछन् । महिनावारी रोकिदा आमबुझाई यो यो हुन्छ की, कतै गर्भ त रहेन ? तर सन्तानको योजनामा नरहेका धेरै महिलाहरुको महिनावारी ढिला हुने गरेको पाइन्छ । यसरी महिनावारी ढिला हुनुमा धेरै कारणहरु छन् जसमध्ये ९ वटा कारण निम्न प्रकारका छन् । 

तनाव :

तनावको असर शरीरमा विभिन्न तरिकाबाट पर्दछ जसमध्ये महिनावारी पनि एक हो । तनावले जीएनआरएच नामक हर्मोनको मात्रा कम हुन जान्छ जसले पिरियड९महिनावारी० हुँदैन । त्यसैले आफुलाई खुशी राख्नुपर्छ र नियमित महिनाबारीका लागि डाक्टरसँग परामर्श लिनपर्दछ । 

 बिरामी :
अचानक ज्वरो आउनु, खोकी लाग्नु वा स्वास्थ्यमा अन्य कुनै समस्या देखिएमा त्यसको असर महिनावारीमा देखिन्छ । यस्तो किसिमको समस्या अस्याथी रुपमा देखिन्छ जब तपाई निको हुनुहुन्छ त्यसपछि महिनावारी नियमित हुन थाल्छ । 

दिनचर्यामा परिवर्तन :
आफ्नो दिनचर्यामा फेरबदल हुँदा पनि महिनावारीमा असर देखिन्छ । कार्यतालिका परिवर्तन हुँदा, राती काम गर्दा,आफ्नो घरबाट बाहिर निस्कदा ,विवाह,भोजमा सहभागि हुँदा हाम्रो दैनिकीमा परिवर्तन आउँछ र यसको असर महिनावारीमा देखिन्छ । 

स्तनपान :
स्तनपान गराइरहेका महिलाहरुको पनि महिनावारी हुँदैन । स्तनपान बन्द गरिएपछि स्वत महिनावारी सुरुहुन्छ । 

अस्थायी साधन पिल्स  :
बच्चा नहुन प्रयोग गरिने अस्थायी साधन पिल्सका कारण पनि महिनावारीमा गडबडी देखिन्छ । 

मोटोपना :
मोटोपनाका कारण पनि महिनावारी अनियमित हुने गर्दछ । महिनावारी अनियमित हुने समस्या क मतौल भएका महिलामा पनि देखिन्छ तर तुलनात्मक रुपमा कम तौल भन्दा बढी तौल भएका महिलामा यस्तो समस्या धेरै हुने गर्दछ । 

प्रि मेनापोज :
मेनापोज हुनुभन्दा अगाडि महिलाको शरीरमा आन्तरिक रुपमा धेरै बदलाब आउछन् जसका कारण महिनावारी समयअगावै कि ढिला हुने हुन्छ । 

दुब्लोपना :
यदि तपाई दुब्लो हुनुुहुन्छ भने पनि महिनावारी अनियमित हुन्छ । 

थायराइड :
घाँटीमा हुने थायराइड ग्रन्थीले मेटाबाँलिज्मलाई नियन्त्रणमा राख्दछ जसले महिनावारी अनियमत बनाउँछ । त्यसैले महिनाबारी अनियमित भयो भने कतै मलाई थायराइड त भएको छैन भनी सोच्नुपर्दछ र डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)