nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भड्किलो ‘तिज’
शम्भू अधिकारी "अल्पविराम"

sambhu-1567405397.PNG

 तिज नेपाली महिलाहरुको महान धार्मिक चाड हो । धार्मिक मान्यता अनुसार हिमालयकी छोरी पार्बतीले आफूले मन पराएको स्वामी शिवजीलाई प्राप्त गर्न गरेको कठोर संघर्ष लाइ ब्रतको रुपमा ब्याख्या गरीएको छ भने अर्को तिर महिलाहरुको प्राकृतिक प्रकिया मासिक श्रावलाई अछुत अशुभको संज्ञा दिइ त्यसबाट मुक्ति पाउन गरिने पंचमी पुजा आदीको ब्याख्या गरिएको छ ।

आजको बिश्व २१औं शताब्दीबाट अघि बढिसक्दा पनि हाम्रो समाज संचालनको आधार भने धार्मिक मान्यता र सामन्ती संस्कारमा अडेको छ ।जुन बिज्ञानसंग टाढा र अमिल्दा छन ।आज बिज्ञानले   धेरै छेत्रमा बिकाश गरेको छ ।कतिपय हामो्र धर्मशास्त्रमा उल्लेख भएका मान्यताहरुलाई बिज्ञानले असत्य प्रमाणित गरिसकेको छ ।जस्तै आज पनि हामिहरु चन्द्रमालाई ईश्वरको रुपमा पूजा गर्छो, भने आज भन्दा धेरै अगाडि नै चन्द्रमा मान्छे पुगेको कुरा सामान्य भइसक्यो ।आज चन्द्रमाको ढुङ्गालाई महगों मुल्यमा बिक्र्रिमा राखेका छन भने चन्द्रमा पैसा हुनेहरुको लागि यात्रा गर्ने पर्यटन क्षेत्रको रुपमा बिकास भैरहेको छ ।सन्दर्भ तीज पर्व भएकोले यसको बैज्ञानिकतालाई हेर्ने हो भने यो तथ्यहीन ,काल्पनिक कथा सिवाय केहि होइन भन्ने प्रमाणीत हुन्छ । त्यसैगरी यसलाई सही तरिकाले बुझ्न यसको उत्पति र बिकासलाई हेर्दा पनि यसको बैज्ञानिकताको बारेमा प्रष्ट भइन्छ । यस्को उत्पति धार्मिक आधारमा हेर्ने हो भने पार्वतीले शिवजी लाई पा्रप्त गरेको प्रसंग छ भने सामाजिक मान्यतामा बिवाहित छोरीको कष्टपूर्ण जीवनलाई राहतस्वरुप केहीदिन माइतीमा बोलाउने परम्परा रहेको देखिन्छ । यसको विकास भने पुरुष प्रधान समाजले महिलालाई आफ्नो भोग विलासको साधन मान्ने व्यवस्थाबाट शुरु भएको देखिन्छ । जब पितृसतात्मक ब्यवस्था शुरु हुन्छ त्यतिबेलादेखि महिलाहरुमाथि विभिन्न प्रकारका शोषण, दमन, अत्याचारको प्रक्रिया शुरु हुन्छ । त्यसबेलाका कला साहित्य, नीति, संस्कृतिहरुमा पनि महिलाहरुलाई विलासको साधनको रुपमा उल्लेख गरियको पाइन्छ ।अहिले त हामो्र समाज यस्तो छ भने आज भन्दा धेरै बर्ष अगाडि हामो्र समाजको अबस्था क्स्तो थियो होला, त्यस अबस्था मा महिलाहरुले सानै उमेरममा बिवाह गर्नुपर्ने, शिक्षाको अभाव, अन्धविश्वास र सामन्ती संस्कृतिले गर्दा बुहारीको जिन्दगी सबैभन्दा पिडादायक मानिन्थ्यो । रजश्वला नभएकी छोरीलाई कन्यादान दिए स्वर्ग गइन्छ भन्ने धार्मिक अन्धबिश्वास थियो ।

त्यसैले सानै उमेरमा छोरीले बुहारीको रुपमा घरधन्दा मेलापात सबै भ्याउनुपर्ने, सासु ससुरा साथै परिवारको अन्य सदस्यको अरनखटन र श्रीमानको इच्छालाई पुरा गर्नुपर्ने ज्यादै दुःखपुर्ण थियो बुहारीको जिन्दगी । यसरी पशुतुल्य जीवन जिउने छोरी बुहारीलाइ माइतीमा एकदीन बोलाइ शारीरिक विश्राम, मानसिक पीडाबाट केहि राहत दिने गरिन्थ्यो । यसरी विभिन्न ठाँउमा पुगेका विभिन्न साथीसंगीहरुसँग भेटघाट, एक आपसमा आफ्ना दुःख पिडालाई व्यक्त गर्दथे भने त्यो दुःख पिडा भुल्नलाई उनीहरु अनेक किसिमका     मनोरञ्जन गर्ने गर्दथे जसबाट आ–आफ्नो दुःख पिडालाई भुल्न सकियोस् । यसरी महिलाहरुले आफ्नो व्यस्थतालाई एकछिन भुलेर आफ्नो साथीसंगीसँग रमाइलो गरी केहि रमाउन खोज्ने महिलाहरुलाई हाम्रो संरचनाले महिलाहरु जतिनै शिक्षित, स्वाभिमानी भएपनि व्रतले पुरुषको आश्रयता खोज्छ । तसर्थ, सचेत शिक्षित महिलाहरुले यि सबै पर्वभित्र निहित विकृतिहरुलाई उजागर गर्नु र बाटो देखाउनको साटो यसको पक्ष झन नराम्रो रुपमा विकराल बन्दै गइरहेको छ । तीज पर्व सम्पन्न वर्गको लागि उनीहरुको औकात प्रदर्शन गर्ने अवसर भै रहेको छ । विभिन्न तरिकाबाट तडक–भडक प्रदर्शन गरी एक आपसमा भौतिक बस्तुहरुको प्रतिस्पर्धामा उत्रिएका हुन् । यसबाट विपन्न वर्गको महिलाहरुमा दोहोरो पिडा थपिएको छ । जस्तै आर्थिक विपन्नताले सताइरहेको हुन्छ भने अर्कोतिर भौतिक वस्तुहरुको अभावमा मानसिक रुपमा पिडित बन्दछन् र त्यसलाई पुरा गराउन विभिन्न किसिमका विकृतिमा बस्ने गर्दछन् । मेरो उद्दश्य भनेको आजको शिक्षित महिलाहरुले आफुलाई वैज्ञानिक पद्धति अनुसार चलाउन प¥यो भन्ने रहेको छ । आजका शिक्षित महिलाहरु पनि वैज्ञानिक भनेको विज्ञानसँग सम्बन्धित काम गर्ने भन्ने बुझ्ने गरिन्छ तर वैज्ञानिक पद्धति अनुसार चल्नु अर्थात सत्य तथ्यमा आधारित भएर आफ्नो जिवन जगतलाई बुझ्न र त्यसअनुुसार चल्नु भन्ने बुझ्नु पर्दछ । जस्तै तिजको प्रशंगलाई लियौ–पञ्चमीकव्रतले महिनावरी हुँदा गरेको अपराधबाट मुक्त गरिदिन्छ भन्ने छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक प्रक्रिया हो । यो कुनै पाप, अपराध होइन । यस्तो अवस्थामा सरसफाई मनोरञ्जन र स्वस्थ्य खानामा ध्यान दिनुपर्छ । तर यो वैज्ञानिक तथ्यलाई दिगो गर्ने महिलाहरु पनि एउटा अपराधको रुपमा लिन्छन् ।

विभिन्न कार्यगर्न रोक लगाउने, जस्तो कि धर्मले ठूला–ठूला नदिलाई देवता ठानी तिर्थस्थल मान्छन् र त्यो नदि तर्ने यात्रा गर्नु हुदैन भनिन्छ । यसबाट हाम्रो धार्मिक मान्यताले अछुतको रुपमा व्याख्या गर्छ र शिक्षितले पनि सो मान्यतालाई आत्मसाथ गरेको छ । यस्ले के देखाउँछ भने हामी जति पढे पनि हाम्रो सोचाई विचारलाई परिवर्तन गर्न सकेको छैनौं । विज्ञान भनेको जीव विज्ञान भौतिक विज्ञान मात्र होइन यो समाजको हरेक क्षेत्रमा लागु हुने पद्धति हो । यसरी तीजको सन्र्दभमा महिलाहरुसँग जोडिएका कुराहरुलाई आजका शिक्षित, प्रगतिशिल महिलाहरुले उजागर गर्नुपर्छ र यसका नराम्रा पक्षको भण्डाफोर गर्नुको साथै त्यसलाई परिवर्तन गर्न हाम्रो मान्यतामा विद्रोह गर्न सक्नुपर्छ तर भण्डाफोर गर्ने र परिवर्तन गर्ने नाममा झन–झन विकृति हुँदै गैरहेको छ तिज, अब तिज मनाउन माइत होइन, होटल, पार्टी प्यालेस हुन थालेको छ । फजुल खर्च लुगा गहना प्रदर्शन गर्ने माध्यमा बनिरहेको छ तिज । तिजको कथालाई वैज्ञानिक आधारमा व्याख्या गरी सकारात्मक पक्षहरु जस्तै महिलाहरु महिनावारीको समयमा सफा र स्पष्ट रहनुपर्छ ।

आफ्नो निश्चित लक्ष्यराखि त्यसलाई प्राप्त गर्न कडा मेहेनत गर्नुपर्छ । यस्ता सकारात्मक पक्षको कदर गर्दै नकारात्मक पक्षको चिरफार गर्नु आजको महिलाहरुको दायित्व हो । यसैगरी महिलाहरु एक महिला हुनुभन्दा पहिला यस समाजका नागरिक हुन तसर्थ यो समाजमा घट्ने सबै घटनाप्रति घटनाले महिलाहरुलाई पनि हुनुपर्छ । आफुलाई मानवको हैसिएतले बुझ्नुपर्दछ र आफुले त्यसै अनुसारको व्यवहार गरी त्यसै अनुसारको अपेक्षा राख्नु नै आजका शिक्षित महिलाको कर्तव्य हो, ना की भड्किलो र खर्चिलो रुपमा तिजलाई पाश्चात्य संस्कृतिमा ढाल्दै लाने हो ! सम्पूर्ण नारीहरुलाई तिजको शुभकामना ।।