nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभल जारी, जेसीज हल खचाखच

bhid-1701145871.jpg

९ मंसिरबाट सञ्चालन भएको थाहा फिल्म फेस्टिभल जारी छ । फेस्टिभलअन्तर्गत् पालुङ जेसीज हलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्शन भइरहेको छ । 

आजको कार्यक्रम
११ बजेदेखि १ बजेसम्म प्रकाश
१ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, ह्वील्स अन द बस
३ बजेपछि हेयर कट

चलचित्र प्रकाश कस्तो छ ?


नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता बोकेको चलचित्र हो । चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको छ ।

दिनेश राउतको निर्देशन तथा नायक प्रदिप खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका छन् ।

हल खचाखच


निःशुल्क रुपमा देखाइरहको फिल्म हेर्न दर्शकहरुको घुईचो लागिरहेको आयोजक थाहा कला केन्द्रले जानकारी दिएको छ । दर्शकहरु फिल्म पदर्शनीको तालिका हेरेर आफूलाई मन पर्ने र पायक पर्ने हिसावले फिल्म हेर्न आइरहेका छन् । ११ मंसिरमा चलचत्रि ऐना झ्यालको पुतली हेर्न अधिकाँश बालबालिका आएका थिए । झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि बाहिर निस्कन सक्दैन । 
किशोरीको पढ्ने सपनालाई ऐनाको झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार पारिएको ऐना झ्यालको पुतली हेर्न विद्यालयका शिक्षकहरुकै साथमा आएका थिए विद्यार्थीहरु । ऐना झ्यालको पुतलीपछि देखाइएको लघुचलचित्र र वृत्तचित्र हेर्ने दर्शकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको फेस्टिभलका उपसंयोजक राजीवकुमार स्याङ्तानले जानकारी दिए । 

फेस्टिभलमा एैना झ्यालको पुतली फिल्म प्रदर्शन लगतै प्रतिक्रिया दिदै निर्देशक सुजित बिडारीले भने–‘चलचित्र मनोरन्जनको माध्यम मात्रै हैन चलचित्रले समाजलाइ यथार्थपरक चित्रण गरी समाज परिवर्तन गर्न ठूलो भुमिका निर्वाह गरेको छ र गरिरहेको पनि छ ।’ समाजमा चलचित्र र चलचित्रकर्मीलाई हेर्ने नजर अझै पनि फराकिलो बन्न नसकेको निर्देशक विडारीको तर्क छ । विविध फेस्टिभल तथा कार्यक्रमहरुले चलचित्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्ने उनको विश्वास छ । थाहा फिल्म फेस्टिभलले पनि यस कुरामा भरथेग गर्ने बताउँदै खुशी व्यक्त गरे ।

लघु उद्यमीलाई अवसर


थाहा नगरपालिकाका लघुउद्यमीहरुका लागि थाहा फिल्म फेस्टिभल एक अवसर बनेको छ । स्थानीय लघुउद्यमीहरुले निर्माण गरेका हस्तकलाका सामग्री थाहा कोशेली घरमार्फत् फेस्भिटलमा विक्रीका लागि राखिएको छ भने घर्तिखोलाको अचार उत्पादक महिला समूहले उत्पादन गरेको स्वादिलो अचार विक्री गरिएको छ । अचार विक्री तथा प्रदर्शनीका लागि समूहका लघुउद्यमी महिलाहरु आफै खटिएको समूहकी शान्ति तामाङले बताइन् । ‘यसबाट केकति विक्री हुन्छ हेरौँ, साथसाथै यो एक किसिमको प्रचार पनि हो ।’ थाहा नगरपालिकामा स्थानीय महिलाहरुले व्यवसायिक रुपमा अचार उत्पादन गरेका छन् भन्ने जानकारीको लागि पनि थाहा फिल्म फेस्टिभल एउटा अवसर भएको उनको भनाइ रहेको छ । 

आफै सरसफाइ


जेसीज हलमा कार्यक्रम भइरहँदा निस्कने फोहोर आयोजकले आफै व्यवस्थापन गर्ने गरेको छ । हरेक प्रदर्शनी सकिएलगत्तै स्वयम्सेवकहरुमार्फत् हल तथा वरपरको वातावरण सरसफाइ गर्ने गरेको फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले बताए । 

मौका नगुमाउन आग्रह


फेस्टिभल सञ्चालक समितिले फेस्टिभलमा अन्तर्राष्ट्रिय स्तरमै पुरस्कार प्राप्त नेपाली चलचित्र, लघुचलचित्र र वृत्तचित्रहरु प्रदर्शनी भइरहेकोले यस्तो अवसर थाहानगरबासीका लागि फेरिफेरि नआउने भन्दै अवलोकनका लागि आग्रह गरेको छ । ‘हामीले एउटा अवसरको सिर्जना गरेका छौँ, यसले आगामी दिनमा यस्ता उत्कृष्ट फिल्मका कथाहरु यहीँ बन्न र छायाँकन गर्न पनि उत्प्रेरणा हुनेछ’ आयोजक थाहा कला केन्द्रका निर्देशक सानोबाबु मोक्तानले भने, ‘फिल्म हेर्ने मात्र होइन, फिल्मका निर्माता र निर्देशकहरुसँग भेटेर भलाकुसारी गर्ने मौका पनि यही हो ।’