nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

किन पीडित स्थानीय पत्रकारिता ?
शम्भु अधिकारी 'अल्पविराम'

Shambhu-1582736723.jpg

नेपाली पत्रकारिताको विकासको पहिलो दशर्कलाई छाडेर बाँकी समयको मुल्याङ्कन गर्ने हो भने हाल रेडियो र टेलिभिजन र छापा सञ्चारमाध्यम नै स्थापित सञ्चार माध्यमका रुपमा आफ्नो पहिचान बनाएको छ । हाल विद्युतिय सञ्चार माध्यममा अनलाइन सञ्चार माध्यम पनि जोडिन पुगेको छ । तर रेडियो टि.भी., छापा सञ्चार माध्यम होस, समग्रमा विभिन्न हिसावले स्थानियता ओझेलमा नै परेको छ । नेपाली सञ्चार जगतले जनताको भावनासँग जोडिएर गौरवबोध गर्न सक्ने अवस्था बन्न नसक्नुको मूल कारण पनि यहि हो । नेपालमा राजनैतिक परिवर्तनलाई साथ दिने अभियानमा मिडिया जसरी स्थापित हुन सकेको छ, जस लिन पाइएको छ, त्यसरी नै जनताको जीवनस्तर उकास्ने अभियानमा जनताको दैनिक प्रगतिको हिस्सेदार बन्न सकिरहेको छैन । नेपाली मिडिया जतिवेलासम्म नागरिकको जीवनशैली उकास्ने अभियानको अगुवाई गर्ने अवस्थामा आउदैन आम नागरिकले नेपाली मिडियालाई आफ्नो पक्षमा रहेको अनुभव गर्न सक्दैन ।

विषयवस्तुका हिसावले, तथ्यहरु र घट्नाक्रमले नै पुष्टि गरेको कुरा के हो भने स्थानिय सवालहरुले आम नागरिकलाई आत्मीयता र आम्दानीपन प्रदान गर्छ । यस्ता विषयवस्तु प्रकाशन हुने आफ्नै गाँउघरमा सञ्चलित मिडियाहरुलाई सर्वसाधारण नागरिकहरुले आफ्नो निकट अनुभुति गर्छन । मिडियाको पब्लिक, कनेविटभिटी कन्टेन्ट र कन्टेक्स्ट दुवै हिसावले हुन सक्नु पर्छ । यी दुवै हिसावले निकट भएका मिडियाले जनताका जिविकासँग आफुलाई जोड्छ भन्ने विश्वास हो । ठूला लगानीका टि.भी., रेडियो तथा पत्रपत्रिकाहरुको लगानीमा आधारित भएर स्थानीय सवालहरुलाई अपेक्षा गरेकै     कारण समुदायको सक्रियतामा मिडिया भएका केहि व्यक्तिहरुको नेतृत्वमा स्थानीय सञ्चारमाध्यमहरु सुरु त छ । मोक्षसलका जिल्लाहरुमा यस्तो अवस्था भएकै कारण स्थानीय सञ्चारमाध्यमहरु र ठूला लगानीका राष्ट्रिय सञ्चारमाध्यमका विचमा पूँजीको टकराव आइरहन्छ । स्थानीय सञ्चार माध्यमहरुले स्वाभाविक रुपमा आफ्नो कन्टेन्टमा स्थानीयता छोड्न सक्दैन्न । सञ्चालकले भूगोल, सामुदायिक सम्बन्ध तथा अन्य धेरै कारण निकटताले लगानी जोखिममा राखेर भए पनि स्थानिय सवाललाई उडायर मिडियाको निरन्तरता स्थानिय सञ्चार माध्यमको सवल पक्ष    हो । तर पूँजीको सम्बन्धका आधारमा, आकर्षक डिजाइन तथा कलेवरका प्रभावका कारण स्थापित भएका राष्ट्रिय सञ्चारमाध्यमहरुले अनेक प्रभावमा पारेरै स्रोतमा एकलौटी कब्जा जमाउने काम गर्नुले पनि स्थानिय पत्रकारितालाई ओझेल र अपेक्षामा पारिएको छ ।

सरकारी स्रोत र सुविधा तथा मिडियाको आर्थिक मेरुदण्ड मानिने विज्ञापनको पहुँचका हिसावले पनि उक्त मिडियाको प्रभावकारिता र दिगोपन निर्भर गर्छ । अहिले स्थानिय पत्रकारिताको   परिचयलाई जोडेर स्थानिय पत्रकारितामा जोडिएको पत्रकार वा सञ्चार संस्थालाई पहुँच नभएको वा कमजोर ढङ्गले चित्रीत गरिएको सतको आँउछ । स्थानिय निकायहरु वा जिल्ला स्तरिय सरकारी कार्यालय वा गैरसरकारी संघ संस्थाहरुले पनि स्थानिय सञ्चार माध्यमसँग जोडिनुभन्दा केन्द्रका ठूला र पहँुचवाला मिडियासँग जोडिनका लागि आर्थिक देखि सबैखालका पद्धतिमा ध्यान दिइरहेका हुन्छन । जव जनताको सवालसँग जोडिएका कतिपय महत्वपूर्ण विषयलाई लगानीका हिसावले ठूला मिडियाले व्यापक आउट गर्छ त्यो वेला निहुरीमुन्टी हुँदै साना वा स्थानीय मिडियामा भएपनि इस्यु उडाइदिन प¥यो भन्दै आउने परिपाटी छ ।

पत्रकारिताको नेतृत्व होस् वा अन्य सवाल स्थानियताको सवाल धेरथोर उठिरहेकै छ । नेतृत्व, श्रोत साधनको उपभोग र परिचालनका हिसावले स्थानियको अग्राधिकारको विषय विश्वव्यापी बन्न लागिसक्दा पनि कतिपय मुद्धाहरुमा स्थानियता सोच्नै नहुने विषय जस्तो हुनु दुर्भाग्यपूर्ण हो । निषेधका कोणबाट हैन तर अग्राधिकार र सशक्तिकरणका हिसावले स्थानिय समुदायको अपनत्वको र हार्दिकताको हिसावले आम मानविय गुणकै रुपमा स्थानियको सवाललाई हेर्न जरुरी छ ।

कतिपय सन्दर्भमा स्थानिय पत्रकारिताको प्रवद्धनको वकालतलाई सञ्चार क्षेत्रकै सरोकारवालाहरुले पनि दयाको दृष्टिले व्याख्या गर्ने गरेको     पाइन्छ । सञ्चार माध्यम दर्ता र सञ्चालनका हिसावले राष्ट्रिय वा स्थानिय जुन तहको भएपनि उसको आफ्नो असत्मसम्मान र नैतिक हैसियत हुन्छ । त्यसमा कसैले दया राखिरहनु पर्दैन कन्टेन्ट र सर्कुलेशनको आधारमा उसको स्थान उसको बुतामा निर्भर हुने कुरा रहन्छ । तर केन्द्रमा चर्चा पाएको र चम्किलो प्रस्तुतीका आधारमा कुनै मिडियाका पछाडी ओइरिने र किनारामा परेकाहरुका विषय उठाएको र टाढासम्म पुग्ने प्रयासका कारण मलिन गतिमा रहेका मिडियाहरुलाई निष्पक्षको निति बनाइने काम माग बन्द हुने हो भने स्थानिय पत्रकारिता प्रवद्र्धन गरुन निम्ती रोइकराई गर्नुपर्ने अवस्था आउदैन ।

पत्रकारिताको नेतृत्व होस् वा अन्य सवाल स्थानियताको सवाल धेरथोर    उडिरहेकै छ । नेतृत्व, श्रोत साधनको उपभोग र परिचालनका हिसावले स्थानियको अग्राधिकारको विषय विश्वव्यापी बन्न लागिसक्दा पनि कतिपय मुद्धाहरुमा स्थानियता सोच्नै नहुने विषय जस्तो हुनु दुर्भाग्यपूर्ण हो । निषेधका कोणबाट हैन तर अग्राधिकार र सशक्तिकरणका हिसावले स्थानिय समुदायको अपनत्वको  र हार्दिकताको हिसावले आम मानविय गुणकै रुपमा स्थानियको सवाललाई हेर्न जरुरी छ । नागरिकहरुलाई अधिकार सम्पन्न बनाउनुपर्छ, उनीहरुका स्थानिय तहहरुमा उनिहरुको आफ्नै भु–धरातलीय यर्थाथ अवस्था जानकारी पाएको व्यक्ति हुनुपर्छ भन्ने वकालति अगुवाई गरेको नेपाली पत्रकारिताले मिडियामा स्थानिय अग्राधिकारको विषयलाई संस्थागत रुपमा उठाइदिने हो भने देशभर रहेका स्थानिय सञ्चार माध्यमहरुका आर्थिक समस्या र त्यही कार्यरत श्रमजीवी पत्रकारहरुका न्युनतम तलव सुविधासँग जोडिएका समस्या समाधानमा महत्वपूर्ण काम हुनेछ । स्थानिय मिडियाको स्थानिय श्रोत साधनमा अग्राधिकारको व्यवस्था भएपछि जिल्लामा भएका विभिन्न सरकारी र गैरसरकारी संस्थाका आवश्यकीय सूचना नामै नसुनियका र पाठकका हातमा नपुग्ने      राष्ट्रिय मिडियामा प्रकाशित हुनैपर्ने बाध्यताको अन्त हुनेछ ।

जसबाट कमसेकम जतिप्रति प्रकाशित भएपनि स्थानिय नागरिक नै हातमा पुग्ने स्थानिय पत्रिकाहरु र स्थानिय स्रोतहरुका पहँुचमा हुने रेडियोबाट प्रसारण हुनुले नागरिकको सूचनाको हक स्थापित हुनु र मिडियाको आर्थिक पक्षको सवलिकरणमा योगदान हुनेछ । सिंगो पत्रकारिता र विषयवस्तु र लगानीको हिसावले सङ्कटको बाटोमा उन्मुख देखिएको अवस्थामा स्थानिय पत्रकारिता धेरै हिसावका समस्यासँग गाँजिएको छ । स्थानिय समुदायको सशक्तिकरण मार्फत सम्वृद्धिको वाटोमा अगाडी दौडिनपर्ने नेपाली आवश्यकताको कसिमा स्थानिय पत्रकारिताका गहनतम दायित्वहरु छन् । यी दायित्वहरुमा नेपाली मिडिया चुकेनन भने नागरिकको समृद्धिको लागि स्थानिय मिडियाहरुले योगदान गर्न सक्छन् । नागरिकसँगको प्रत्यक्ष सम्बन्ध र सरोकार जोडिएका स्थानिय मिडियाहरुले   सवलीकरण र नागरिहको समृद्धिको यात्रा एक अर्कामा जोडिएको  छ । भन्ने कुरा सरोकारवालाहरुलाई स्मरण हुन जरुरी छ ।