.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

कवि गोर्खे साइँलो र उनको ‘आत्मालाप’
बिर्खे अञ्जान

Birkhu-1623159149.jpg

१. आमुख
नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने र सबैभन्दा कमले मात्र सफलता प्राप्त गर्ने विधा हो – कविता । मनभित्र उत्पन्न भएको भावना र विचारलाई सिलसिलेवर ढङ्गले अभिव्यक्त गरेर कुनै शीर्षक राख्दैमा कविता, कविता हुँदैन । वैचारिक अभिव्यक्तिको कलात्मक स्वरूप नै कविता भएकाले शब्दलाई सि“गार्न सक्ने र अभिव्यक्तिलाई गहनतापूर्वक अभिव्यक्त गर्न सक्ने व्यक्ति नै सफल कवि हुनसक्छ । रहर, लहड र देखासिकीले मात्र कविता सिर्जना गर्न सकि“दैन भन्ने तथ्य आजका सर्जकले बुझ्नु जरुरी छ ।

आज पनि कवितामा रुचि राख्ने र त्यसको बौद्धिकतामा रमाउन चाहने धेरै पाठक छन् हामीसँग परन्तु ती पाठकको मनोभावना, रुचि र तिनले चाहेको गुणात्मकता हामीले दिन सकेका छैनौ“ र हाम्रा कृतिले उचित बजार पाएको छैन । कविले चुनेको विषय, त्यो विषयको गहिराइ र त्यसलाई प्रस्तुत गर्ने शैलीमा जबसम्म नयाँपन भेटि“दैन, तबसम्म पाठकले हाम्रो सिर्जना हेर्दैन । सिर्जनामा शब्द मात्र जोडेर विचारको कोरा कल्पना लाद्दैमा हामी साहित्यकार हुने भए ती साहित्यकारका सिर्जनाहरू बजारमा ह्वारह्वार्ती बिक्थे होलान् । हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो मनोभावना एकातिर छ, स्रष्टा र तिनका सिर्जना अर्कोतिर तथा ती दुवैको विश्लेषण गरेर बस्ने बौद्धिक वर्ग अर्कोतिर छ । तिनै चिजको तारतम्यताको सन्तुलन मिलाउन नसक्नुको पीडाबोधमा परिष्कारको पर्खाइमा नेपाली साहित्य छ । नेपाली साहित्यलाई कलात्मकता, बौद्धिकता र जनजीवनको यथार्थता टपक्कै टिपेर लेख्नसक्ने प्रतिभाशाली स्रष्टाको खाँचो नेपाली साहित्यमा छ । हाम्रो प्रयत्नलाई परिष्कार गर्दै पुरातनवादी ढर्राबाट मुक्तिमार्ग खोजेर लेखकीय क्रान्ति जबसम्म सिर्जनामा गर्न सक्दैनौ“, तबसम्म हाम्रो मनोभावनाबाट उत्पन्न भएका यावत रचनाहरू बेहोसीको मनोदशा र आत्मा रतिबाहेक केही हुन सक्दैन । हाम्रो सिर्जना पढ्ने बित्तिकै पाठकमा तरङ्ग उत्पन्न हुन सक्नुपर्छ र उनीहरूमा ऊर्जा थपिन सक्यो भने मात्र वास्तविक अर्थमा हाम्रो लेखनको सार्थकता रहन्छ ।

हो, निश्चित रूपमा कविताका इतिहास लामो छ, भनिरहनु पर्दैन । यी कुरा वाङ्मयले प्राप्त गरेको स्रष्टा र तिनको सिर्जनाले पुष्टि गरिसकेको छ । पहिचान, खोज र अभिव्यक्ति कौशलताको विविधताले सि“गारिएको हाम्रो काव्य यात्राको रङ्ग निश्चित नै अर्थपूर्ण छ । नेपाली कविता लेखनको यात्रामा सामेल हुने स्रष्टाको लस्कर र तिनको कर्मद्वारा प्राप्त भएका सिर्जनाका उपलब्धि अर्थ उपार्जनका दृष्टिले खासै महŒवपूर्ण नठहरिए तापनि बौद्धिक सवाल, सांस्कृतिक पहिचानको खोज र वर्गीय आन्दोलनका उपलब्धिको कसीबाट मूल्याङ्कन गर्ने हो भने निकै आशावादी हुनसक्ने धेरै सम्भावना स्थापित भैसकेको छ । व्यक्तिगत होस् या सामूहिक या त संस्थागत प्रयासबाट किन नहोस्, हरेक दृष्टिकोणबाट काव्य यात्राको प्रभावकारिताले विशेष निजत्व र निश्चयता कायम गरिसकेको तथ्य हामीले महसुस गरेका छौ“ ।
शब्दको मितव्ययिता र वाक्य गठनको कलात्मकताको कारण कविताप्रतिको आक्रमण बढ्दो छ भन्न खोजिएको कुरा र भोगेको यथार्थतालाई टिपेर आत्म केन्द्रित रहँदै सूक्ष्म तहबाट भावको वैतारिकता बढी सहजता र बढी सरसतापूर्वक पस्कने शैलीबाट छिटो सम्प्रेषणीयता स्थापित गर्ने गुणका कारण कविताले प्रबुद्ध पाठकहरूमा आÇनो छाप छोड्न सफल छ । कवितामा कठोरता मात्र होइन, हार्दिकता पनि छ । त्योभन्दा पनि ठूलो कुरा वास्तविकतालाई नजिकबाट सूक्ष्मतापूर्वक केलाउँदै घटनाको निक्र्यौल गरी यथार्थको पर्दाफाससँगै पाठकलाई आकर्षित गरिकन चरमोत्कर्षताका साथ आनन्दित गर्नसक्ने हैसियत कवितामा भएकाले धेरैभन्दा धेरै स्रष्टाहरू कवि बन्न लालायित छन् र कविता लेखनबाटै आÇनो स्वअस्तित्वको प्रदर्शन गर्ने क्रममा पनि निलिप्त छन् । कविता लेखनकै यात्रामा निकै घामपानी खपेर निरन्तर साधनारत स्रष्टाहरूको लहरमा आÇनो छुट्टै व्यक्तित्व स्थापित गरेको नाम हो – गोर्खे साइँलो ।

२.  पृष्ठभूमि
गोर्खे साइँलो मूलतः छन्दमार्गी स्रष्टा हुन् । साहित्य विधा निश्चित अनुशासन र विधिमा रहेर लेख्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्नुहुने साइँलो लय विधानका दृष्टिले छन्दमा जुन किसिमको माधुर्य, शब्द सौन्दर्य र चिरस्मरणीयता हुन्छ, त्यो गद्य कवितामा भेट्न मुश्किल छ भन्नुहुन्छ । यसो भनिरहँदा लय चेतनामा ध्यान दिएको छ भने गद्य कवितामा पनि उत्तिकै मधुरता कायम गर्न सकिने तर्क पनि उनको छ । साहित्यका सबै विधामा कलम चलाउन उत्तिकै रुचि राख्नुहुने साइँलोका हालसम्म आधादर्जन कृति प्रकाशित भैसकेका छन् । जसअन्तर्गत सम्मोहन (गजलसङ्ग्रह, २०६२), मुस्कान (सूत्र सहित बहरमा आधारित गजलसङ्ग्रह, २०६२), कादम्बरी (सूत्रसहित छन्दमा आधारित कवितासङ्ग्रह, २०६३), सूत्रमाला (सूत्र सहित बहरमा आधारित गजलसङ्ग्रह, २०६३), गजल दर्शन (अनुसन्धानात्मक समालोचना ग्रन्थ, २०६९) र भर्खरै बजारमा आएको आत्मालाप (छन्द कवितासङ्ग्रह, २०७२) नेपाली वाङ्मयले प्राप्त गरेको विशिष्ट कृतिहरू हुन् ।

निरन्तर साहित्य साधनामा लागिरहेका गोर्खे साइँलो यसबेला चर्चाको शिखरमा रहेको आत्मालाप कविता कृतिमार्फत् पाठकसामु देखापरेका छन् । आकर्षक कलेवरमा सार्वजनिक यस कृतिभित्र जम्मा ६२ वटा कविताहरू सङ्गृहीत छन् । सामाजिक र प्राकृतिक परिवेशभित्र छिरेर देश, समाज र संस्कृतिलाई टपक्क टिप्दै आÇनो कविताका विषय बनाएका आत्मालापभित्रका कविताहरू आस्वाद्य, संवेद्य र मनोहर लाग्छन् । छन्द कविता लेख्दा भावको स्फुरणमा अवरोध आउँछ र अनुभूतिको गहिराइमा पुग्न सकि“दैन भन्ने मान्यताका बीचबाट गोर्खे साइँलोले आÇनो काव्य यात्रा प्रारम्भ गरेका छन् । यिनको काव्य यात्राबाट हामीले के सिक्न सक्छौ“ भने जब मनमा रहर र अदम्य साहस हुन्छ, तब गन्तव्यको कुनै पनि कठिनाइले यात्रा रोकि“दैन, अनवरत अभिश्रान्त चलिरहन्छ ।

मानवीयता र राष्ट्रियताको केन्द्रबाट परिस्थितिको सामना गर्दै तिनै परिस्थितिले जन्माएको विषय, सन्दर्भ र परिवेशको टिपोट गोर्खे साइँलोको कवितामा यथेष्ट देख्न सकिन्छ । कविता कोर्ने धुनमा काल्पनिकताको कोरा शब्द खर्च गर्ने र जटिलताको सुरुङभित्र पस्ने रहर उनमा पटक्कै छैन । सरलताभित्र सहजता र तिनै सहजताले जन्माएको सरसतामा विषयको पृष्ठभूमि खोज्न जानेका गोर्खेका कवितामा समयको दस्तावेज स्वर्णीम इतिहासजस्तै मुद्रित भएका छन् । गोर्खे साइँलो समयसँग साक्षातकार स्रष्टा हुन् र उनको कवितामा तिनै समयले जन्माएका घटनाहरूका बिम्ब देख्न पाइन्छ । कविता दिलले सुम्सुम्याउने र मस्तिष्कले सम्झने विधा हो । यसैले त भनिन्छ, जसको हृदयमा कविता छ, वास्तवमा तिनीहरू नै कवि हुन्छन् । हृदयका धनी गोर्खेका कविताहरूमा मनको ढुक्ढुकी, चित्कार र क्रन्दन छ र, त उनको कवितामा विरलै आक्रोश, आवेग भेटिन्छ । क्रान्तिका नाममा कोरा नारा र कल्पनाको ढर्रा नबोकिकनै हाम्रो समयको चित्र सजीव ढङ्गले उतार्न उनी उद्यत छन् । कविता सुन्दासुन्दै जुरुक्कै उठ्न मन लाग्ने र परिवर्तनका नाममा हतियारै उठाउन प्रेरित गर्ने हिटलरजस्ता कविता लेखेर लोकप्रिय हुन चाहनेहरूको भीडबाट आÇनो छुट्टै पहिचान र अस्तित्वको निर्माण गर्ने क्रममा उनले बोल्दा सत्यवादी र मानवताका लागि कल्याण गर्न आएजस्ता महात्मा गान्धीको वैचारिक पक्षबाट उठेर नैतिक निष्ठा, स्वाभिमान र दायित्वबोधका धार्मिक श्लोकझै“ लाग्ने कविताहरू सिर्जना गरेका छन् । उनको कविता मनोरञ्जनभन्दा पनि बढी ज्ञान र सत्मार्गको चेतना ज्यादा मुखरित भएको देख्न सकिन्छ । हृदयमा दया र मस्तिष्कमा सौहाद्र्रता बोकेर लेखिएझै“ लाग्ने गोर्खेका कविता पढिरहँदा कतै गीता, कतै महाभारतको ज्ञान सुनेझै“ महसुस हुन्छ । आफूलाई दार्शनिकतामा भन्दा व्यावहारिकतामा बदल्न चाहने रुचि भएकै कारण साइँलोका कवितामा आम मान्छेहरूलाई सत्मार्गमा ल्याउन प्रेरित गर्ने श्लोकहरू देख्न सकिन्छ । जीवनलाई विश्वास गर्ने र त्यही विश्वासलाई विकासमा रूपान्तरण गर्न यिनका कविता सिद्ध साबित छन् ।

३. परिक्रमा
कविता अनुभूतिको गहिराइबाट निस्कने कलात्मक अभिव्यक्ति हो । विद्वान्हरूले कविता चाहे मस्तिष्क प्रधान भनून् या हृदय प्रधान भनून्, जे भने पनि वास्तवमा कविता सिर्जना गर्न अनुभूतिको समुद्रमा पुग्नुपर्छ र मोती खोजेझै“ वैचारिकतालाई मथ्नैपर्छ । हामी कवितालाई आत्मसन्तुष्टिका लागि लेख्ने भन्दा पनि यो देश, यो समाज, यो परिवेश र परिस्थितिलाई अङ्कित गर्नैपर्छ । हाम्रो माटो र संस्कृतिको पहिचान बोकेर जन्मेको सिर्जना नै वास्तविक अर्थमा कालजयी हुने हुँदा हामीले कविता लेख्न बस्दा हाम्रो स्वाधीनता, नैतिकता, आस्था र यथार्थताको खोजी गर्नैपर्छ र त्यसलाई स्थापित गर्नतर्फ उन्मुख हुन सक्यौ“ भने कवि हुनुको गर्वमा रमाउन सक्छौ“ । हो, गोर्खे साइँलोको कविता पढिरहदा मलाई आÇनो जीवनको इतिहास पढेझै“ लाग्छन् र तिनको भावभित्र डुबुल्की मार्दा अनायास आँखा भिजाउन पुग्छ र थाहा नपाई कसो कसो मन पग्लिन्छ । गोर्खेले कवितामा आÇनो छट्पटी, असन्तुष्टि, दुःख र पीडा पोखेकै छन् । ती पीडाहरू, ती छट्पटीहरू लाग्छन् उनको मात्र होइन, सबैको हाँसो र रोदनका कथाहरू हुन् । यथा –

सोधे क्यै पथमा बताउन परे क्वै छैन अर्को अरे
कस्तो हो उसको विचार घटिया जान्दैन कोही भरे ?
साथीको महिमा सुनाउँ म अझै मर्का परेका पूरा
गर्नेसम्म गरे विकार न कहूँ आफै डुबेका कुरा ।

साम्ने बोल्न परे मिठास भरने खुट्टा त तान्ने सधैं
चिप्लो घस्न परे कला छ उसमा धुर्तै उ मान्छे अझै ।
(मेरो प्रिय मित्र, पृ. ७९)
 

कतिपय कविहरू आÇनो धर्मिताप्रति कति सफल छु र असफल छु भन्नेतर्फ कुनै सरोकार राख्दैनन् । तर यो सिद्धान्त कवि स्वयम्का लागि पनि राम्रो कुरा होइन । अब कविता लेखेर कुनै पनि स्रष्टाले मैले कुन मोडमा लेखेछु भनेर उम्कन पाउँदैनन् । आफूले लेखेका सबै सिर्जनाको दायित्व बोध कविले उठाउनै पर्छ र पाठकसामु जिम्मेवार भएर खडा हुन सक्नैपर्छ । कविले भोगेको समय र पाठकको अभिरुचिबीच तारतम्यता मिलाएर हामीले सिर्जना गर्न सक्यौ“ भने मात्र वास्तविक अर्थमा लेखनले निश्चित गन्तव्य पाउँछ । अन्यथा हाम्रो रचनाहरू केवल मनको बह पोख्ने एउटा साधन मात्र हुनसक्छ । अब साहित्य मनोरञ्जन र क्षणिक समय गुजार्ने विधा मात्र बनाउनु हुँदैन । यो एउटा बौद्धिकता प्रदर्शन गर्ने र समाज रूपान्तरण गर्ने महŒवपूर्ण मार्ग पनि हो भन्नेतर्फ स्रष्टा सचेत हुनु जरुरी छ । सम्भवतः यिनै बहसको केन्द्रमा गोर्खे साइँलो पनि छन् र, त उनले आÇनो सिर्जनामार्फत् चेतनाको राँको पनि बालेका छन् । मान्छेमा बढ्दै गएको ईष्र्या, मोह र महŒवाकाङ्क्षाको पराकाष्ठा नापेर साध्यै छैन । र, उसका रहर, सपना गनेर भन्न पनि सकि“दैन । मान्छे, मान्छे भएर बाँच्न लोभ–मोह त्याग्नुपर्छ र मरेर कसैले केही लान सक्दैन भन्ने शाश्वत सत्यलाई बडो सजीव ढङ्गले अभिलेखीकरण गरेका छन् । नैतिक दृष्टान्त र आध्यात्मिक सन्देश बोकेका यिनका कविता जति पढ्यो उति नै पढिरहूँझै“ लाग्छ । यथा –

सामन्ती किन हो ? प्रलोभन किन यो ? गर्छौ सबै मानव
सेवा गर्न सिकौं समाज भरमा, हुन्छौं सही बान्धव
राम्रो कर्म गरौं विचार बढिया ठूलो यही मान्दछु
कात्रोमा बगली हुदैन कहिल्यै भन्ने कुरा जान्दछु ।

पैसा आर्जनमा प्रलोभन गरी जस्ले जहाँ जे ठगे
आफै सोच सखे ति पूर्वजहरू, कस्ले कहाँ के लगे
त्यस्तै कर्म गरी नबन्नु घटिया दानी बनौं भन्दछु
कात्रोमा बगली हुँदैन कहिल्यै भन्ने कुरा जान्दछु ।
(कात्रोमा बगली हुँदैन, पृ. १८)

 

    सत्य र तथ्यसँग स्पर्श गरेर कविता लेख्न रुचाउने स्रष्टा गोर्खे साइँलोका कविता कल्पनाको कोरा उडानबाट अवतरित भएका छैनन् । हाम्रो समाज र त्यो समयले निर्माण गरेको परिवेशभित्रबाट आम मान्छेको पीडागान उनको कवितामा छताछुल्ल छ । जीवनको यथार्थभन्दा टाढा र बेग्लै हुन नचाहने स्वभावका कारणले गर्दा पनि उनका कविताहरू आजका मान्छेहरूको चित्रहरूजस्तै छन्, जसलाई हेर्न पावरदार चश्मा लगाइरहनु पर्दैन । छियाछिया परेका हृदय र मर्मान्त पीडाका घाउहरू उनका कवितामा जहाँतही“ भेट्न सकिन्छ । यथा –

छ माटो अनौठो फलाएर खेती
म रोप्थे मिलाएर रोयो र मेथी ।
चलाएर मुक्का पछारेर लाठी
भयो के मुनाफा रुवाएर साथी ।
(म जन्मेको ठाउँ, पृ. ७३)

भत्के गोठ सबै रहेन घर नै कच्ची बनेका जति
गाइवस्तुहरू भएजति सबै चेपेर भै गो खती ।
नब्बे साल समानको अझ बढी भर्केर आयो अति
धेरै नष्ट गरी दुशासन सरी सारा बनायो खती ।
(नूतन वर्ष र भूईंचालो, पृ. ७१, ७२)

 

शास्त्रीय छन्दमा काव्य सिर्जन गर्दै राष्ट्रिय भावना, मानवतावादी कोमलता, करुणा, प्रेम र वियोगका बहुकेन्द्रमा स्थापित कवि गोर्खे साइँलो आÇनो समय र त्यो समयको परम्परालाई शब्द शिल्पद्वारा ज्यान भर्छन् । पूर्वीय आदर्शप्रति आस्थावान तथा नेपाली जीवन, प्रकृति र संस्कृतिको परम्परावादी सोचको प्रतिनिधित्व गरिरहँदा गोर्खे साइँलोले आÇनो काव्य यात्रामा झर्रो नेपालीपन, कोमलता र मानवतावादी सरोकारका पक्ष वकालत गरिरहेको महसुस बोध पनि हुन्छ । उनका कविताको निरपेक्ष सौन्दर्यवादी दृष्टिकोण पनि सबै पक्ष सरोकारवालालाई एकसाथ लिएर अघि बढिरहेझै“ लाग्छन् । केही नभने जस्तो गरेर पनि धेरै भनिएको हुन्छ उनका कवितामा । सरलतासँगै संवेदनाहरू संवेदित गरी भावनाको गहिराइमा पुगेर पाठकको स्पर्श गर्ने शक्ति उनका कवितामा छ । नेपाली साहित्यमा कविता विधाको लामो इतिहास छ । यसको जति लामो इतिहास छ, त्यति नै यस विधामा भएको विविध प्रयोगात्मक शैली र नवीनता पनि यथेष्ट भेट्न सकिन्छ । शब्द र वाक्य गठनको रसिलो तथा कलात्मक प्रयोगले पाठकहरूमा सजिलै पस्न र बस्न सफल पनि छ । प्रबुद्ध पाठकहरूमा छिटोभन्दा छिटो आÇनो छाप छोड्न सफल हुन तब मात्र सकिन्छ, जब परिवेशलाई सूक्ष्म तहबाट भावलाई पस्कँदा पाठकलाई मजा तथा पूर्ण तृप्त बनाउन सकिन्छ । यथा –

यही छ पानी बिजुली र बत्ती
हँुदैन गाह्रो गरिखान कत्ति
न घाम चर्को न त धेर जाडो
यही रमाए शिर हुन्छ ठाडो ।
(नेपाल आमा, पृ. ७७)

कुनै पनि कविता पढ्नुपूर्व कविलाई पनि पढ्नु आवश्यक छ । कवि बाँचेको समय, भौगोलिक धरातल, त्यो समयको परिवेश र परिस्थितिको मूल्याङ्कनबिना केवल कविताको अध्ययन गर्ने र त्यसैको आधारमा धारणा बनाइयो भने स्रष्टाका लागि मात्र अन्याय होइन । त्यसबेलाको सिर्जनाको समेत अवमूल्यन हुन्छ । हो, आधारमा हामीले गोर्खे साइँलोको जीवनवृत्त र उनले भोगेको सङ्घर्षशील जीवनलाई नजिकबाट छाम्न सक्यौ“ भने सही अर्थमा सिर्जनागत मूल्याङ्कनले निश्चित दिशा निर्धारण गर्दछ । गोर्खे साइँलोको आत्मालाप पढिरहँदा कताकता उनकै जीवनी पढेझै“ अनुभूति हुन्छ । कतै जीवनको कष्ट, कतै आमाको वेदना, कतै वैवाहिक सम्बन्धको घटना त कतै आÇनै सन्तानहरूको वर्णनात्मक कविताहरूको स्पर्श पाठकहरूले पढ्न पाउँछन् । यो कवितासङ्ग्रहलाई घटना र परिवेशको केन्द्रीयतामा सिलसिलेवार ढङ्गले क्रमागत राख्दै गएको भए सम्भवतः खण्डकाव्यजस्तो पनि बनाउन सकिन्थ्यो । यो उनको वैयक्तिक सन्दर्भमा उठान गरेको प्रसङ्ग हो । गोर्खे साइँलोको अर्को महŒवपूर्ण पक्ष भनेको चाहि“ राष्ट्रियता नै हो । नेपाल र नेपालीको स्वाभिमानलाई अक्षुण राख्दै देश निर्माणमा उनले राखेको अभिव्यक्ति आफैमा गम्भीर र मननयोग्य छ । यथा –

मर्नैपर्छ भने म मर्छु ल भनी नेपालका खातिर
खाली हात लडे कठै जनहरू धेरै मरे आखिर
(देश कलह, पृ. ६४)

छ माया मलाइ खुबै लेख बेसी
म उफ्रेर हुर्के यही ठाउँ टेकी ।
(म जन्मेको ठाउँ, पृ. ७३)
    
बिन्ती गर्छु सखे विनम्र मनले नेपाल आमाकन
माया देउ तिमी ममता यो देश मेरो भन ।
(उपदेश, पृ. ७४)


केवल आलोचना र गालीले मात्र कविता बन्न सक्दैन भन्ने कुराको ज्ञान गोर्खे साइँलोले बुझिसकेका र त्यसका अतिरिक्त मानवीय आवश्यकता, पहिचानको खोज र दमनको खरो विरोध गर्नुपर्ने महसुस उनले गरेको देखिन्छ । आÇनो पहिचान र प्रतिष्ठा तब मात्र स्थापित हुन्छ, जब उसमा आÇनो निजत्व कायम हुन्छ । हो, यही निजत्वलाई स्थापित गर्नका लागि कविले भरपुर प्रयत्न गरेको देखिन्छ । तसर्थ यिनका कविताहरूले नेपाली पहिचान, पहिरन, सांस्कृतिक झलक र झाँकीहरूको सुन्दर र मर्मस्पर्शी ढङ्गले चित्रण गरेका छन् । जसले नेपाली हुुनुको गौरवगाथालाई स्थापित पनि गरेको छ । यथा –

चोलीमा मुजिया खिपेर पहिलो लामा तुना बाँधिने
धोतीमा गहुनी लगाइ फरिया आनन्द झन मानिने ।
यो नारी घरमा सधैं बसिरहिन् लक्ष्मीसरीकी बनी
यस्तैमा सब दङ्ग छन् बुझ कुरा नेपाल मेरो भनी ।

पूजामा पनि खैंचडी र मजुरा बज्ने अझै मादल
ट्याम्को ढोलक नौमती बजिरहे मच्याउँदै हलचल ।
फुक्दैमा अझ गुञ्जियो कि धरती नर्सिङ्ग कर्नाल यो
साह्रै ध्यान दिएर धून अहिले सुन्दैछ नेपाल यो ।
(मेरो नेपालीपना, पृ. ६१)

 

कवि गोर्खेका कविताहरूको अध्ययन गरिरहँदा स्वच्छन्दतावादी (रोमान्टिक) शैलीको वरण गरेझै“ अनुभव हुन्छ । आÇना पूर्ववर्ती अग्रज कविहरूद्वारा प्रयुक्त संयमित–परिष्कृत अनि वर्णमात्रिक शास्त्रीय छन्दमा आबद्ध कवितात्मक भाषा शैलीबाट प्रेरित–प्रभावित भएका र स्वस्फूर्त भावावेगको तीव्र अभिव्यक्ति उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ । गोर्खे साइँलोका कविताहरूमा समसामयिक परिवेश र परिस्थितिजन्य वैचारिक अभिव्यक्ति यथेष्ट भेटिन्छ नै यसका अलवा उनका कविताहरूमा आत्मपरकता, प्रकृतिको मानवीकरण तथा मनोगत चित्रण, कल्पना तथा हार्दिक उच्छलन, गीति चेतको तीव्रता, युगीन स्थितिप्रतिको तीव्र विद्रोह भावना पनि प्रशस्तै भेट्न सकिन्छ । मेरो स्मृतिमा नुवाकोट, म र मेरो, हेटौ“डा नगरी, नुवाकोट मेरो, आÇनो चितवन, आत्मग्लानी, छोरीहरू, प्राकृतिक छटा र विविधता, सम्झनामा चेतकान्त, वी.पी राज्य र साहित्य, भानुको सम्झना, मेरी मायालगायत अन्य कविताहरूमा कविको मनोगत चित्रण र कल्पनाको स्वस्फूर्तता भेटिन्छ । आत्मपरक भावुक अन्तः प्रवाहको रागोल्लास, आम बलिदानीका साथै आत्म प्रक्षेपणको मृदु अन्तज्र्वारभित्रको सूक्ष्मता परिष्कृत चेतको संवेदनशीलता यथेष्ट भेटिन्छ ।

कविताप्रतिको अगाध आस्था र विश्वास राख्ने कवि गोर्खे साइँलोको आÇनै मूल्य र मान्यता छन् । उनको कविता पढिरहँदा यस्तो लाग्छ, कवि र कविताको वर्ग भुइँ मान्छेहरूकै हो, उत्पीडितहरूकै हो, सीमान्तकृतहरूकै हो तथाकथित बुर्जवा भ्रमहरूको होइन । कविता तिनीहरूका लागि होइन जोसँग छातीभित्र देश छैन र आँखाभरि माया छैन, घमण्ड, क्रोध र अभिमान बोक्नेहरूका लागि पनि किमार्थ कविता हुनै सक्दैन । वास्तविक अर्थमा कविता तिनीहरूको हो, जो हेपिएका छन्, चेपिएका छन् र शासकहरूबाट थिचिएका छन्, मिचिएका छन्, सर्वहारा वर्गको मात्र मुद्दा र पीडागान कविले उठान गर्ने भएकाले तिनीहरूको आवाजलाई मुखरित गर्ने र परिवर्तनका लागि क्रान्ति चेतको उभार भर्न कवि तत्पर हुने भएकाले साँच्चै कविता भुइँ मान्छेहरूकै लागि हो, उत्पीडित र सीमान्तकृतहरूकै लागि हो । काव्य यात्राको यो लहरमा कवि गोर्खे साइँलोको कविताहरूलाई अध्ययन गर्दा निम्नलिखित प्रवृत्तिहरू देख्न सकिन्छ –

  • स्वच्छन्दतावादको वरण
  • प्रगतिवादी धाराको केन्द्रीयता
  • प्रकृति चित्रणको प्रबलता
  • मनोगतराग एवम् संवेदनशीलता
  • राष्ट्रियताप्रतिको अन्तर्निष्ठा
  • आत्मपरक सहजता÷रागात्मक आत्मा प्रक्षेपण
  • वात्सल्य भावको उत्कृष्टता
  • जीवनवादी आदर्श चेतको तीव्रता
  • देशभक्ति र राष्ट्रियताप्रतिको अन्तर्निष्ठा
  • विकृति–विडम्बनापूर्ण अवस्थामाथि व्यङ्ग्य–उपहाससहित सुधारको कामना
  • सामन्ती, आर्थिक शोषण र वैषम्यप्रति युगीन विद्रोह चेत
  • आत्म बलिदानी
  • युगीन सामाजिक–आर्थिक एवम् राजनीतिक विडम्बनाको चित्र
  • वर्गीय, जातीय तथा परिवर्तनमुखी क्रान्तिचेतको अभिव्यक्ति
     

यसरी गोर्खे साइँलोको कविताहरूले सबै पक्ष, समुदाय र वर्गहरूको प्रतिनिधित्व गरेको देखिन्छ । उनका कविताहरूको श्लोकहरू आँखामा सजाइरहँदा मुुटुभित्र आमाप्रतिको आदर मौलाउँछ, सम्मान स्थापित हुन्छ, प्रेम, हार्दिकता र अपनत्व टुसाइरहन्छ । दिल र दिमाग दुवैले वात्सल्य र सौमनस्यता ग्रहण गरिरहन्छ । पाठकलाई एउटा आदर्श जीवन बाँच्न उत्प्रेरित गर्ने उनका कविताहरूले राष्ट्रियता, मातृत्व प्रेम र सद्भावनाको शिक्षा त दिएकै छ । साथै सौहाद्र्रता, स्वाभिमान र नैतिक निष्ठावान भएर बाँच्नलाई उत्तिकै उत्प्रेरणा प्रदान गरेको छ ।

आजका मान्छे र तिनले वरण गरेको चरित्रहीनता, कृपणी स्वभाव र मख्खीचुस परम्पराले समाजमा पारेको नकारात्मक असरप्रति उनी बढी चिन्तित छन् । र, त देशको रूपान्तरणका निमित्त हाम्रो कला, हाम्रो संस्कृतिको जगेर्ना गर्नुपर्ने मूल्य मान्यता उनमा विद्यमान छ । गोर्खे साइँलो आÇनो कवितामा समकालीन चेतना र सामाजिक जीवनको यथार्थता ओकल्छन् परन्तु ती कुराहरू उल्लेख गरिरहँदा क्रान्तिका नाममा विद्रोह, आक्रोश र कुण्ठाभन्दा ज्यादा मानवीय चेतना र युग चेतना जगाउन बढी केन्द्रित देखिन्छन् । यो नै आÇनै निजत्व लेखकीय विशेषता हो ।

जीवनसँग टाढा रहेर कविता बाँच्न सक्दैन । त्यही कविता कालजयी हुन्छ, जुन कवितासँग मान्छे र मानवीय स्वरको गाथा हुन्छ । उसको चरित्र, नियति र कर्मको गान हुन्छ । पछिल्लो समय पद्य कविता लेखनमा प्रयुक्त प्रवृत्ति भेटि“दैनन् । समसामयिक जीवनसित सम्बद्ध हुन नसकेका र यथार्थसित नजिक भएर नलेखिएकाले पाठकको आकर्षण घट्दो छ । योभन्दा पनि बढी कुरा त के हो भने छन्दको अनुशासन पालन गर्ने गणितीय जोडघटाउमा लाग्दालाग्दै कवितामा प्रयोग हुनुपर्ने माधुर्यतामा केही कमी देखिन्छ ।

गोर्खे साइँलोका कविताहरूमा कतै प्रेम मुखरित भएर स्थापित भएका छन् । ती प्रेमहरू अजरता, अमरता र शाश्वत भएर उभिएका पनि छन् भने कतै आध्यात्मिकता कविताबाट मुखरित भएर मानवीय चेतना जगाउने शिक्षाप्रद देखिन्छ । सौन्दर्य चेतना र साधनाबाट परिष्कृत भएर निस्किएका कतिपय कविताहरूले पाठकीय मस्तिष्कलाई उद्वेलित पनि बनाउन सफल छ । यिनले यस्ता कविताहरू लेखिरहँदा धैर्यपूर्वक साधनाका साथै समकालीन सफल कविहरूको सिर्जना अध्ययन गर्नुपर्ने पनि देखिन्छ । अध्ययन र साधनाले सिर्जना खारिने, माझिने र परिष्कृत हुने मौका पाउने हुनाले स्रष्टाहरूको अध्ययनशीलता अपरिहार्यता देखिन्छ ।

छन्द कविता लेखन सोचेजस्तो सहज छैन । तुकबन्दी मिलाएर विषयको उठान गरि“दैमा कवितामा प्राण भरि“दैन । प्राण जब भरिन्छ, तब मात्र स्रष्टा गम्भीर, संवेदनशील र सजग हुन्छ । लय विधानका दृष्टिले छन्दमा जुन किसिमको श्रुति माधुर्य, शब्द सौन्दर्य र चिरस्मरणीयता हुन्छ, त्यो गद्य कवितामा भेट्न सकि“दैन र, पनि वर्तमान समयमा गद्य कविताको बजार र तिनका पाठक ज्यादा देखिन्छ । गहन भाव र शब्दको चमत्कारी प्रयोग गर्न जति सजिलो गद्य कवितामा छ, त्यति सहज पद्य कविता लेखनमा छैन । शब्दलाई खेलाउन सक्ने र सूत्रात्मक ज्ञानको प्रचुरतासँगै दीर्घ साधनाबाट मात्र पद्य कवितामा सफलता हासिल गर्न सकिने भएकाले रहरले मात्र लेखनलाई स्थायित्व दि“दैन । यसो भनिरहँदा मैले गोर्खे साइँलोको कमजोरी पक्षलाई पनि उठान गर्नैपर्छ । हैन भने यो लेखन केवल पूर्वाग्राही र आस्थाबाट अभिप्रेरित भएको ठहर्छ ।

आत्मालापका कतिपय कविताहरू पढ्दा कविताको विषय एकातिर हुँदा हुँदै लेखन अर्कोतिर भएका पन िकेही र केहीमा कतै हल्का तुकबन्दी मिलाइएजस्ता पनि लाग्छन् । मूलभूत विषयको केन्द्रीयतामा भावनाको प्रेसर नपारिकन सङ्ख्या विस्तारका लागि मात्र लेखिएका उनका कविताहरू सपाट, ठोस लाग्छन् । छन्द कविताको मूलमर्म लयात्मकता हो । गति, यतिको मात्रात्मक सन्तुलनबाट शब्दको कलात्मकताले कवितामा विशिष्टता थपिने भएकाले गोर्खे साइँलोले कविता लेख्न बस्दा कविता र शीर्षकबीचको हुनुपर्ने जुन घनिष्टता र गहिराइ हो, त्यसलाई नजर अन्दाज गर्न मिल्दैन । छन्द कविता लेखन विधिमा शब्दलाई परिमार्जन गर्न सकिन्छ तर शब्द परिमार्जन गर्दा कवितामा अझ सुन्दरता र लालीत्यता स्थापित हुन्छ भने मात्र स्वीकार्य हुन्छ । छन्दको सैद्धान्तिक मान्यतालाई ध्यान दि“दादि“दै पनि उनका कतिपय कविताको सम्प्रेषणीय क्षमतामा क्षति पुगेको छ । यो विषयतर्फ भने कवि गोर्खे साइँलोले ध्यानदिन सकेमा अझैै सुनमा सुगन्ध हुने देखिन्छ ।

कविता संवेगात्मक कलात्मक अभिव्यक्ति हो र यसको लेखन त्यति सजिलो छैन जति हामीले महसुस गरिरहेका छौ“ । समयको हुण्डरीलाई मानवीय मस्तिष्कमा टकराउँदै वैचारिक अनुभूतिलाई गहन ढङ्गले अभिव्यक्ति गर्ने कला यस्तो हुनुपर्छ कि जसरी दहीलाई मथेर घ्यू निकालिदिन्छ । हो, घ्यू जति नरम हुन्छ, त्यति नै स्वादिष्ट पनि । कविता पनि त्यसरी नै सिर्जना गर्न सकियो भने स्वाभाविक संश्लिष्ट र गम्भीर हुन्छ । कवितामा जबसम्म सिर्जनात्मक आवेगको निर्माण गर्न सकिन्छ, तबसम्म उसका रचनाहरूमा नयाँ भाषा र सञ्चेतनाको आविष्कार हुनसक्छ । जो कविताका लागि अपरिहार्य छ । कविता सुस्पष्ट र स्वाभाविक हुनका लागि कथ्य र भावको सफल संयोजन हुनु अनिवार्य छ । कोमल भाषा, मीठा उपमा र पदलालीत्य पूर्णताद्वारा सरल शब्दको प्रयोगसँगै कवितालाई सम्प्रेषणीय बनाउन कवि सचेत भएन भने पाठकको ध्यान र उसको धैर्यता भङ्ग हुनसक्छ । तसर्थ कविहरूले देखेको र भोगेको अनुभूतिलाई बिम्ब–प्रतीक, रूप–अलङ्कारको अपूर्व संयोजन गरी स्वतःस्फूर्त र सहज ढङ्गले वैचारिकता स्थापित गर्न सक्नुपर्छ । यो शैली र कलाको निपूर्णता गोर्खे साइँलोले विकास गर्दै लानुपर्ने देखिन्छ । छन्दका कविहरूले कविता लेख्न बस्दा अङ्क गणितीय मगजलाई मात्र एकाग्रता प्रदान गर्ने होइन, छन्दले भावलाई नकिचिकनै छन्दसँगै कविताको भाव सहज रूपमा प्रकट गर्न सक्नुपर्छ अर्थात् छन्द अनुशासन र भाव स्फुरणका बीच सङ्गति कायम हुनुपर्छ । छन्दमा चमत्कार र सम्प्रेषणीयता ज्यादा हुन्छ, त्यो त्यतिबेला मात्र सहज हुन्छ, जतिबेला कविहरू छन्दलाई विभिन्न भावमा सफलतापूर्वक खेलाउन सक्ने छन्दगत वैशिष्ट्यता स्थापित गर्न सक्छन् । गोर्खे साइँलो छन्द अभियानमा सक्रिय छन् । उल्लेखित उक्त लक्षण प्राप्तिका लागि निरन्तर साधनारत भएकाले नै निपूर्णता खोज्नु न्यायोचित हुँदैन परन्तु कविताको साधना गरिरहँदा साइँलोले हतार–हतारको हार्दिक उच्छलनको परिणतिबाट बच्न भने अनिवार्य छ ।

४. निष्कर्ष
कवि गोर्खे साइँलो आÇनो पूर्ववर्ती अग्रज कविहरूद्वारा प्रयुक्त संयमित, परिष्कृत अनि वर्णमात्रिक शास्त्रीय छन्दमा आबद्ध कवितात्मक भाषा शैलीबाट पनि प्रेरित÷प्रभावित देखिन्छन् । उनका कविताहरूको अनुगमन र अध्ययन गर्दा आत्मपरकता, प्रकृतिको मानवीकरण, गीतिचेतको तीव्रता र युगीन स्थितिप्रतिको तीव्र विद्रोही भावनाजस्ता प्रवृत्ति विशेषताहरू रहेको तथ्य फेला पर्छन् । वस्तुपरकभन्दा पनि आत्मपरक तथा जीवनदायी स्वभावको वर्णन गर्नमा उनको रुचि केन्द्रित भएको पाइन्छ । उनका कतिपय कवितामा राष्ट्रिय प्रकृतिको छटा र राष्ट्रिय व्यक्तित्वको महत्ता प्रतिबिम्बित भएको पाइन्छ । राष्ट्रवादी स्वरलाई अत्यन्त प्रखर रूपमा वाणी दिएका छन् भने कतिपय कविताहरूमा सांस्कृतिक परम्परा, स्वाभिमान र बलिदानले भरिएको नेपाली गौरवगान प्रमुख मुद्दा बनेर उपस्थित भएको छ ।

कवि गोर्खे साइँलोको लेखनलाई नजिकबाट नियाल्ने हो भने उनको कविताहरू सुकुमार आत्मरागबाट सहजतापूर्वक स्थापित भएका छन् । जटिल बौद्धिक मानसिक कसरत गरिरहनु नपर्ने यिनका कविताहरू प्रगतिवादीतातर्फ उन्मुख हुनुका साथै कोमलकान्त, सुकुमार तथा शिष्ट परिष्कृत भाषा शैलीको प्रयोग ज्यादा भेट्न सकिन्छ । कुनै पनि वैचारिक अभिव्यक्तिलाई निर्भीकताका साथ ओकल्ने र स्वस्फूर्त भावावेगको अन्तः प्रवाह गर्ने यिनको कला आफैमा मननीय र स्वागतयोग्य छ । आगामी दिनमा अझ परिष्कृत, परिमार्जित र हार्दिक कविताहरू नेपाली काव्यजगत्ले पाउने आशा र विश्वासका साथ निरन्तर साधनाका लागि कामना गर्दछु ।

  • बिर्खे अञ्जान, रचनाकुञ्ज, थाहा नगरपालिका–३, मकवानपुर निवासी साहित्यकार हुन्र । -९८४५१२४७६९