nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अब जनकल्याण पूर्ण प्राबिधिक तर्फ

69770229_2368810323334082-1569325786.jpg

प्र.अ- सानोभाइ कार्की, जनकल्याण मा बि स्थापनाको आधारमा हेर्ने हो भने मकवानपुरको तेश्रो विद्यालय हो ।राणाहरु राजधानी काठमान्डौबाट भारत तर्फको तीर्थ यात्रा ,भ्रमण ,शिकार लगायतका उद्देश्यले आवागमन गर्दा आवासीय सुबिधाको लागि निर्मित भवन भीम्फेदीको बङाला बि स २००४ सालमा हाइस्कूल बन्न पुग्यो भने भुटन्देवी मा वि हेटौंडा तेसपछिको हाइस्कूल हो।त्रिभुवन राजपथको निर्माण बि स २००५/०७ को सर्भे र २००७ को प्रजातान्त्रिक आन्दोलन पछि शुरूवात भै २०१३ मा सम्पन्न भए पश्चात् चिनारीमा आएको मकवानपुरको उत्तरी क्षेत्रमा तात्कालिन सामाजिक अगुवाहरुको अगुवाईमा स्थापित यो विद्यालयले जति विकासको गति लिनु पर्ने हो तेति लिन नसकेको स्पष्ट छ ।२०२५ मा स्थापित भएर पनि उच्च शिक्षामा हाल सम्म ब्यबस्थित हुन नसक्नु आफैमा चुनौती हो ।तेतिमात्र होइन कि यो क्षेत्र बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र पनि हो ।वास्तवमा भन्ने हो भने तेसैबेला यो विद्यालय कृषि जनशक्ति उत्पादन केन्द्रको रुपमा स्थापित हुनु वान्छनीय थियो । बि स २०४८ असोजमा भेला भएका सामाजिक अगुवाहरुको पहलमा पालुङमा क्याम्पसको आवस्यकता बारे छलफल प्रारम्भ भएको यो क्षेत्रमा २०५३ असोज ६ गतेमात्र मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाको विस्तारित कार्यक्रम रुपमा SLC पछिको शिक्षा प्राप्तिको अवसरमा पदार्पण गर्न सफल भयो ।७ बर्षको प्रस्तावित कार्यक्रमको यात्रा पछि २०६० बाट पालुङ क्याम्पसको स्वायत्तता लिन पुगेको पालुङ्को उच्च शिक्षाको संस्था अहिले उत्तरी मकवानपुर कै एकमात्र रहेको छ ।यद्यपि यस्ले गति पक्डिन सएको छैन ।यही सिलसिलामा २०६१/०६२ को शैक्षिकसत्र बाट प्रमाणपत्र तहलाई बिस्थापित गरि जनकल्याण मा वि लाई उच्च मा वि मा बढोत्तरी गरियो जस्ले धेरै बालबालिकाहरुलाई कम्तीमा प्रमाणपत्र तह सम्मको शिक्षा प्राप्तिमा सहजता प्राप्त गर्यो ।

यसै क्रममा बि स २०७३ बाट नेपाल सरकारको एक निर्वाचन क्षेत्र एक प्राबिधिक स्कूलको अवधारणा आयो ।यही अवसरलाई उपयोग गरि सोही शै स बाट कक्षा ९ देखि १२ सम्म पुग्ने लक्षका साथ कृषि तर्फ बाली बिज्ञान कोर्ष सन्चालन गरियो ।यो बिषय सन्चालन गर्दा भावी परिकल्पना के हो भने आगामी दिनमा दक्ष जनशक्ति उत्पादन गरि यहाँ अवस्थित कृषि भुमिलाई सीपसहितको ज्ञान दिलाउने ।परिणामत उत्पादित जनशक्तिले (१) स्वरोजगार बन्नेछन ।(२) सरकारी नोकरीको लागि योग्य बन्नेछन (३) बैदेशिक रोजगारको लागि समेत कोरा कामदार भन्दा अब्बल हुनेछन भन्ने नै हो ।यसो गरिरहदा कक्षा ९-१२ को यो अवसर सिमित संख्याको लागिमात्र हुने ,यो सङ थप सुबिधाको उपलब्धता कम हुने तर वर्तमान सरकारले नेपालको द्रुत आर्थिक विकासको लागि पहिचान गरेको ३ क्षेत्र कृषिको आधुनिकीकरण ,पर्यटनको विकास र जलश्रोतको पूर्ण विकास मध्यको सम्भावित कृषि क्षेत्रको हुन सक्ने थप जनशक्तिको मागलाई थप टेवा पुराउने र अतिरिक्त अल्पकालीन सीपयुक्त्त तालिम उपलब्ध गराउने समेतको उद्देश्यले CTEVT अन्तर्गतको ३ बर्षे Isc .Ag science कृषि बाली बिज्ञान नै सन्चालन २०७५ बाट प्रारम्भ गरियो ।अहिले दोस्रो बर्षको भर्ना आबेदन शुरु भएको अवसरमै जनकल्याण मा वि ले थप कार्यक्रमको अवतरण गर्दैछ ।यो कार्यक्रम भनेको अल्पकालीन बिबिध बिधाका तालिम हरु हुन ।जस्मा House wiring ,plumbing,सिकर्मी ,डकर्मी ,ग्रामीण पशु स्वास्थ्य,पन्क्षी पालन ,कृषि आधुनिकिकरणमा टनेल निर्माण ,नर्सरी ब्याड तयारी ,ब्युटिपार्लर ,सिलाई कताई ,बुनाई ,अचार निर्माण ,होटेल ब्यबस्थापन ( रिसेप्सन ,कूक ,अतिथी सत्कार ) लगायतका सीप विकास सबन्धी तालिम प्रदान गर्ने तयारीमा लागेको जानकारी दिन पाउँदा विद्यालय आभार ब्यक्त्त गर्दछ ।यहाँ प्रश्न उठ्छ यो किन ?यसप्रकारको अल्पकालीन तालिमको अवसरले(१) कक्षा ९-१२ कृषि अध्ययनको अवसर नपाएकाहरुलाई प्राबिधिक ज्ञान लिनेे अवसर मिल्ने ।(२) CTEVT कोर्ष लिनको लागि SEE परिक्षामा सबै बिषयमा उतिर्ण हुन अनिवार्य छ यो अवसर गुमाएकाहरुलाई समेत अध्ययनको अवसर मिल्नेछ ।(३) बिबिध कारणले मानबिकी,शिक्षा,ब्यबस्थापन सन्काय अध्ययन गरिरहेका विद्यार्थी हरुको लागि समेत प्राबिधिक सीप विकास गर्ने अवसर मिल्नेछ ।(४) यो बाहेक आफ्नो पढाईलाई बीचैमा तहगत शिक्षा पूरा गर्न नसकेका तर जीवनमा केही गर्ने ईच्छा र लगनशीलता भएका हरुको लागि अवसर मिल्नेछ ।(५) ग्रामीण युवाहरुलाई पनि यो अभियानले मद्दत पुराउनेछ । अल्पकालीन तालिम लिनको लागि के के चाहिने ?नेपाली नागरिकताको प्रमाणपत्र भएको जो कोहीले पनि यो तालिममा सहभागी हुन पाउनेछन ।यो बापत सहभागीहरुले कुनै शुल्क तिर्नु पर्दैन ।तर दैनिक ६ घन्टाको कोर्ष कम्तिमा ७० दिन पूरा गर्नु पर्नेछ । यो तालिम प्राप्त गर्ने जो कोहीले पनि स्वरोजगारको कागी योजना निर्माण गर्न सक्नेछ ।

योजना कार्यान्वयन गर्न लगानी पूजी नभएपनी प्रमाणपत्र धरौटीमा योजनाको आधारमा ऋणदाता नेपाल सरकार हुने अवसर छ भने तालिमको लेभल प्रथमबाट आठौ लेभल सम्मको कोर्ष डिजाइन भैरहेको छ ।आठौ तहको कोर्ष ओउरा गरेपछिअनुसन्धान तहको समेत तयारीमा सरकार लागि रहेको सन्दर्भमा उत्सुक नागरिकहरूले समयमै बुझ्न सकेभने वास्तवमा अवसरले उध्यमी खोजेको हुनेछ ।हर्व्क सेसनमा २० सहभागी मात्र राख्न मिल्ने यो तालिममा सेकुरिटी गार्ड को समेत सन्चालन गर्ने योजना रहेको छ ।यस्कालागी उत्सुक सहभागीहरुको चहाना ,स्थानीय सरकारको प्रतिबद्धता आदिले एकरुपता लिन सके पालुङ बहुमुखी क्याम्पसमा समेत विद्यार्थी संख्या वृद्धि हुन जानेछ भन्नेमा बिश्वास गर्न सकिन्छ ,भने जनकल्याण मा बि मा अध्ययन गर्ने जो कोही पनि प्राबिधिक बन्ने सुनौलो अवसर मिल्नेछ जस्बाट विद्यालय पूर्ण प्राबिधिक विद्यालय बन्ने आशा एब बिश्वास गर्न सकिन्छ।